मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार




काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे ।

इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गर्‍यो । प्रहरीले सोधपुछ गर्ने क्रममा किशोरी कक्षा १२ को परीक्षा दिएर फर्किएको खुल्यो । उदयपुर घर भएकी उनी दमकमा बसेर अध्ययन गर्दै थिइन् । परीक्षा दिएर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको खुल्यो ।
स्थानीय एक अस्पतालमा उपचारत किशोरीको पेटमा डढेको, दबेको र ददारिएजस्तो चोट छ । यद्यपी उनको शरीरभित्र भने गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी मिलन केसीले जानकारी दिए ।

गोली हान्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएको कोशी प्रदेशका प्रमुख तथा डीआईजी चन्द्रकुवेश खापुङले जानकारी दिए ।

पहिले दुर्व्यवहार, अहिले हत्या प्रयास

घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको बताएकी छन् ।

उनी घाइते किशोरीका शिक्षकसमेत हुन् । प्रहरी स्रोतका अनुसार उनी उदयपुरमा कार्यरत रहेको बेला दुव्यर्वहार गरेपछि किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन् ।

यादवले मुद्दा फिर्ता लिन प्रलोभन देखाए, दबाब दिए । तर किशोरीले मुद्दा फिर्ता नलिएपछि उनी फरार भए । शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।

तर कुनै जवाफ नदिएपछि तँ, तेरो दिदी र “जाहेरी हाल्न सघाउने व्यक्ति” लाई नमारी म जेल जान्नँ’ भन्दै किशोरीमाथि गोली हानेको एक अनुसन्धान अधिकारीले जानकारी दिए । घटनाबारे विस्तृत रूपमा अनुसन्धान हुन भने बाँकी छ ।

अनलाईन खबर

प्रकाशित मिति : 6:37 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला