आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै



काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताइन् ।

‘यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ,’ मन्त्री शर्माले भनिन्, ‘यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ ।’

रासस

प्रकाशित मिति : 5:44 am

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत