घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोल ?



नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य एक सय ५८ र तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको एक सय ५९ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको छ ।

पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 12:46 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका