लालीगुराँस सेवा समाजद्वारा खेजेनिम माविका विद्यार्थीहरूलाई २ लाख बराबरको सहयोग



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ मा रहेको खेजेनिम माविका विद्यार्थीहरूलाई लालीगुराँस सेवाले २ लाख बराबरको साम्रगी सहयोग गरेको छ । सेवाले उक्त रकम बराबरको खेलकुद सामग्री, स्टेसनरी र ट्रयाक सुट वितरण गरेको हो ।

खेजेनिम माविमा कक्षा-५ सम्मका ९० जना विद्यार्थीहरूलाई ट्रयाक सुट, कक्षा १० सम्मका सबै विद्यार्थीहरूलाई ८६० थान कपी र कलम वितरण गरिएको सेवाका सल्लाहकार तेन्जिङ वालुङले जानकारी दिनुभएको छ । 

त्यस्तै, प्रत्येक वर्ष ४ जनालाई १० वर्षसम्म छात्रवृत्ति स्वरुप वर्षको ३ हजारको दरले छात्रवृत्ति दिने सम्झौता सँगै यो वर्षको भने एकमुष्ठ १२ हजार रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो  । यस्तै विद्यार्थीहरूलाई १०७ जोडी चप्पल, २ थान फुटबल र १ थान भलिबल समेत हस्तान्तरण गरिएको छ ।  

२०८० सालमा फक्ताङ्लुङ गाउँपलिका-६ लेलेपमा स्थापना भएको यस संस्थाले पहिलोपटक सहयोग गरेको हो । कार्यक्रममा फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (विकास), संस्थाका अध्यक्ष सीता ढुंगाना, फक्ताङलुङ-२ खेजेनिम वडा अध्यक्ष भुपेन्द्र चौलागाइँ, संस्थाका सल्लाहकार तेन्जिङ वालुङ र वि. व्य. स. अध्यक्ष दिल कुमार पतङवा साथमा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:26 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका