ताप्लेजुङमा सूचना विभागको दुई दिने घुम्ती शिविर



ताप्लेजुङ । ताप्लेजुङमा सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने घुम्ती शिविर सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको सहकार्यमा सदरमुकाम फुङ्लिङमा आइतबारदेखि घुम्ती शिविर सुरु भएको हो ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवा साथै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम दिने उद्देश्यसहित विभागले घुम्ती शिविर आयोजना गरेको हो । घुम्ती शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह गरिँदै आएको छ ।

सूचना तथा प्रसारण विभागले प्रवाह गर्ने सेवासँगै पत्रकारहरुका लागि पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चलान गरिएको छ । तालिमको सहजीकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्रले गर्नुभएको छ ।

यस्तै पत्रकारको क्षमता अभिवृद्धिसहित घुम्ती शिविर सञ्चालनका लागि सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर ओलीको नेतृत्वमा पाँच जनाको टोली रहनुभएको छ । यता घुम्ती शिविरको उद्घाटनमा प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले स्थानीय पत्रकारले आफ्नै जिल्लाबाट विभागले प्रदान गर्ने सेवा प्राप्त गर्नु ठुलो राहत भएको बताउनुभयो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ००:५२

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन