पत्रकार महासंघ ताप्लेजुङको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न



ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको ११औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । महासङ्घको सभाहलमा आज उक्त साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । 

केन्द्रीय प्रतिनिधि तथा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य उद्धव तिमल्सिना र प्रदेश प्रतिनिधि तथा पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य माला पालुङ्वाको उपस्थितिमा सम्पन्न भएको उक्त सभाले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यताको विषय तत्काल टुङ्गो लगाई सांगठनिक अन्यौलता अन्त्य गर्न पत्रकार महासंघ केन्द्रीय र कोशी प्रदेश समितिको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सभामा महासंघ सचिव सुवास आचार्यले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मदन गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्तुत गरि उक्त प्रतिवेदनलाई सुझाव सहित पारित गरेको छ ।

प्रकाशित मिति : 12:50 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन