ताप्लेजुङको फक्ताङलुङमा एक घर जलेर नष्ट, १२ लाख बढीको क्षति



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक घरमा आगलागी हुँदा १२ लाख बढीको क्षति भएको छ । फक्ताङलुङ गाउँपालिकाको दिबुङका स्थानीय देबेन्द्र लिम्बूको घरमा आगलागी हुँदा १२ लाख २३ हजार रुपैयाँ बढीका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

आगलागीबाट घरमा रहेको सुन १ तोला, नगद ३५ हजार, चाँदी २ तोला, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरी १२ लाख बढीको क्षति भएको प्रहरी निरीक्षक लुङ्गेलीको भनाई छ । त्यस्तै घरमा आगलागीले विभिन्न किसिमका आवश्यक कागजातहरू समेत नष्ट भएको छ । 

प्रहरीका अनुसार ढुङगा–माटोले बनेको, जस्ताको पाताले छाएको ३ तले घरमा आगलागी भएको हो । आज दिउँसो साढे १ बजे विद्युत सर्ट भई आगलागी भएको स्थानीयले बताएको प्रहरीको भनाई छ । आगो प्रहरी चौकी सिवा बजारबाट खटिएको प्रहरीको टोली र स्थानीयको पहलमा करिब साढे ३ बजे नियन्त्रणमा आएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १२:३१

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको