देखिए ताप्लेजुङको खम्बाछेनमा २ हिउँ चितुवा



ताप्लेजुङ । ४२ सय मिटर उचाईको ताप्लेजुङ स्थित खम्बाछेनमा हिउँ चितुवा ट्र्याक गर्न राखिएको क्यामेरामा ७ दिनमा दुईवटा हिउँ चितुवा रेकर्ड भएको छ । हिउँ चितुवा संरक्षण उपसमिति घुन्साकी अध्यक्ष पेञ्जोक्ला शेर्पाका अनुसार चैत २३ गते राखेको क्यामेरामा चैत ३० गते बेलुका ७ बजेर ५ मिनेटमा दुईवटा हिउँ चितुवा देखिएको हो ।

हिउँ चितुवा प्रशस्त रहेको अनुमान गरिएको तर संख्या यकिन नभएको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको हिमाली क्षेत्रमा यो वर्ष अध्ययनका लागि ३४ वटा क्यामेरा जडान गरिएको छ । शेर्पाका अनुसार दुवै हिउँ चितुवा सँगसँगै हिँडेको देखिएको छ । क्यामेराले एउटाको पुरै शरीर खिचेको छ भने अर्कोको चाहिँ पुच्छर मात्रै खिच्न भ्याएको छ ।

४ हजार २ सय ६६ मिटर उचाइको मेराकमा खिचेको क्यामेराको रेकर्ड भने उनीहरूले ढिलो गरी थाहा पाएका थिए । एकपछि अर्को गरेर क्यामेराको मेमोरी हेर्दा केही ढिलो गरी थाहा पाएको तर हिउँ चितुवा परेको देख्दा खुसीको सीमा नभएको उनले बताइन् ।

विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा कञ्चनजंघा संरक्षण क्षेत्रले हिउँ चितुवा संरक्षण उपसमिति मार्फत यो वर्ष क्यामेरा राखेको हो । यो क्षेत्रमा १० ठाउँमा २० वटा क्यामेरा राखिएको छ ।

खम्बाछेन क्षेत्रमा सबैभन्दा बढी क्यामेरा राखिएको छ । यो ठाउँमा पहिला पनि हिउँ चितुवालाई पासोमा पारेर स्याटलाइट लगाइएको थियो ।

प्रकाशित मिति : 12:43 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका