पाथिभरा क्षेत्रमा लैजाँदै गरेको मदिरा प्रहरीको नियन्त्रणमा 



ताप्लेजुङ । ताप्लेजुङको पवित्र धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्रमा लैजाँदै गरेको मदिरा नियन्त्रणमा लिइएको छ । सदरमुकाम फुङलिङ बजारबाट निषेधित क्षेत्र पाथिभरा मन्दिर क्षेत्रमा लैजाँदै गरेको अवस्थामा उक्त मदिरा जन्य पदार्थ नियन्त्रणमा लिइएको हो ।   

आज दिउसो फुङलिङ नगरपालिका–९ देउरालीमा जिप्रका ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनहरू चेकिङ गर्ने क्रममा १ काटुन खुकुरी रम (मदिरा जन्य पदार्थ) फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक, प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कमल कुमार लुङगेलीले जानकारी दिनुभएको छ ।  

पाथिभरा मन्दिरमा आउने तीर्थयात्रीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै पाथिभरा क्षेत्र विकास समितिले केही समय अघि मात्र मदिरा जन्य पदार्थ बिक्री वितरण निषेध गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : 2:23 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा