स्वर्गीय मदन भण्डारीको जन्मघर मर्मतसम्भारको कार्य सुरु



ताप्लेजुङ ।  राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङ र अनेरास्ववियु जिल्ला कमिटी ताप्लेजुङले संयुक्त रुपमा स्वर्गीय मदन भण्डारीको जन्मघरको सफाइ तथा मर्मतसम्भार कार्य सुरु गरेका छन् । लोकतन्त्र दिवसको अवसर पारेर ताप्लेजुङको मैवाखोलास्थित ढुङगेसाँघुमा रहेको उक्त घरलाई मर्मतसम्भार गर्न थालिएको हो । 

दुबै सङ्गठनका करिव ३०–३५ जना जनशक्तिमार्फत मर्मतसम्भार कार्य सुरु गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष बिबेक बानियाँले जानकारी दिनुभएको छ । उहाँका अनुसार आजबाट सुरु गरिएको उक्त कार्य तीन दिन भित्रमा सकिने तयारी रहेको छ । मर्मतसम्भार कार्य स्थानीय मजदुर, दुबै सङ्गठनका अगुवा तथा नेकपा एमालेका कार्यकर्ता मिलेर गरिएको हो ।

 घरको छानो पूर्ण रुपमा भत्काएर नयाँ लगाइने भएको छ भने भत्किएका र मकिएका काठहरू समेत फेरिने भएको छ । 

प्रकाशित मिति : 1:05 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा