माओवादीले दुई महिने संगठन सुदृढीकरण अभियान चाल्ने




रेडियो काबेली
ताप्लेजुङ । माओवादी केन्द्र ताप्लेजुङले नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) को ७५ औँ स्थापन दिवस तथा लेलिन जयन्ती मनाएको छ । माओवादी केन्द्रले बिहान पत्रकारसँग भेटघाट गरी साँझ दिप प्रज्वलन गरि स्थापन दिवस मनाएको हो । पार्टीका केन्द्रिय सदस्य खेल प्रसाद बुडाक्षेत्री (पराग)ले मानिसहरुलाई आफ्नो जन्मिदिन थाहा भए जसरी नै आफ्नो पार्टीको जन्मदिन थाहाहोस् भन्ने उद्धेश्यले स्थापना दिवस मनाईएको बताउनुभयो ।

सामान्य सामाजिक र आर्थिक सुशासन समेत पालना गर्न नसक्दा पार्टी र नेताहरुप्रति जनविश्वास घट्दै गएको माओवादीको निष्कर्ष छ । साथै उस्ले राष्ट्रिय आर्थिक क्रान्तिको नेतृत्व गर्न कम्युनिष्ट पार्टीहरुको एकता र माओवादी समेत बदलिनु पर्ने जनाएको छ । केन्द्रिय सदस्य बुडाक्षेत्रीले पार्टीले यही वैशाख १५ गतेबाट असार १५ गतेसम्म दुई महिने संगठन सुदृढीकरण अभियान चाल्ने बताउनु भयो । उक्त अभियानको नाम पुर्बेली पार्टी संगठन सुदृढीकरण हुने र उक्त अभियान ताप्लेजुङको नौ वटै स्थानीय तहमा बैशाख १५ गते नै सुरु हुने माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 1:38 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा