हिमाली बस्ती याङ्मामा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ याङ्मामा बाल शिक्षा र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । गाउँपालिकाले हिमाली बस्ती याङ्मामा प्रारम्भिक बाल शिक्षा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति ) ले जानकारी दिनुभयो । 

सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाई नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदल यात्रा गरेर ओलाङचुङगोला पुग्नु पथ्र्यो । अब भने त्यो बाध्यात्मक स्थिति हटेको छ ।

१० घर मात्रै रहेकोले याङ्मामा यस अघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाईबाट बञ्चित भएकाले बालबालिकाले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा  केन्द्र स्थापना गरिएको अध्यक्ष लिम्बुको भनाई  छ । 

प्रकाशित मिति : 12:33 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका