सञ्चारकर्मी माबो सहित सामाजिक व्यक्तित्व र उत्कृष्ट रेडक्रसको उपशाखा टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत



ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले सञ्चारकर्मी मनु माबो सहित एक सामाजिक व्यक्तित्व र एक उत्कृष्ट रेडक्रसको उपशाखालाई पुरस्कृत गरेको छ । गौतम स्मृति दिवसको अवसर पारेर आज रेडक्रसको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।

पत्रकार तर्फ रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बूलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिस तथा प्रतिष्ठानको निर्णय बमोजिम माबोलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । माबो पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य रहनु भएको छ । 

यस्तै सामाजिक व्यक्तित्व तर्फ ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ३ हाङपाङ निवासी हर्क यक्सो पुरस्कृत हुनुभएको छ । यक्सोलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । 

यस्तै उत्कृष्ट रेडक्रस उपशाखा अन्तरगत यस वर्ष मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित साँघु उपशाखा पुरस्कृत भएको छ । पुरस्कृत उपशाखाको तर्फबाट साँघु उपशाखाका सभापति मधुकला चोङवाङले नगद १५ हजार १०५ रुपैयाँ राशीको पुरस्कार ग्रहण गर्नु भएको छ । 

टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक वर्ष बैशाख ९ गते एक उत्कृष्ट सञ्चारकर्मी, एक सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाभरको एक उत्कृष्ट रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आइरहेको छ । 

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्नभएको हो । 

प्रकाशित मिति : 2:00 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश