सञ्चारकर्मी माबो सहित सामाजिक व्यक्तित्व र उत्कृष्ट रेडक्रसको उपशाखा टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत



ताप्लेजुङ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले सञ्चारकर्मी मनु माबो सहित एक सामाजिक व्यक्तित्व र एक उत्कृष्ट रेडक्रसको उपशाखालाई पुरस्कृत गरेको छ । गौतम स्मृति दिवसको अवसर पारेर आज रेडक्रसको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको हो ।

पत्रकार तर्फ रेडियो तमोरमा कार्यरत मनु माबो लिम्बूलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिस तथा प्रतिष्ठानको निर्णय बमोजिम माबोलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । माबो पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य रहनु भएको छ । 

यस्तै सामाजिक व्यक्तित्व तर्फ ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ३ हाङपाङ निवासी हर्क यक्सो पुरस्कृत हुनुभएको छ । यक्सोलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । 

यस्तै उत्कृष्ट रेडक्रस उपशाखा अन्तरगत यस वर्ष मैवाखोला गाउँपालिका वडा नं. ३ स्थित साँघु उपशाखा पुरस्कृत भएको छ । पुरस्कृत उपशाखाको तर्फबाट साँघु उपशाखाका सभापति मधुकला चोङवाङले नगद १५ हजार १०५ रुपैयाँ राशीको पुरस्कार ग्रहण गर्नु भएको छ । 

टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक वर्ष बैशाख ९ गते एक उत्कृष्ट सञ्चारकर्मी, एक सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाभरको एक उत्कृष्ट रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आइरहेको छ । 

नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाका तत्कालीन सभापति टीकाराम गौतमको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्नभएको हो । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १४:००

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम