मेरिङदेनमा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न




रेडियो कोबली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । महिलाहरुको क्षमता विकासको लागि पालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा तालिम सञ्चालन गरिएको महिला शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो ।

समापन समारोहमा बोल्दै मेरिङदेन गाउँपालिका वडा नं. २ का अध्यक्ष तेज कुमार चोङवाङले यो तालिमले महिलाहरुको सौन्दर्यतामा थप एउटा सौन्दर्यता थपिएको र यस्ले अझ अघि बढ्न टेवा पुग्ने बताउनुभयो । तालिममा पालिकाको ६ वटा वडाका ३० जना महिलाको सहभागिता रहेको थियो ।

तालिमले आफुहरुको आत्मविश्वास बढेको एव्म कार्यक्रम सञ्चालन गर्न सक्ने महशुस भएको तालिममा सहभागी महिलाहरुले प्रतिक्रिया दिएका छन् । तालिमको प्रशिक्षण सञ्चारकर्मी एव्म रेडियो काबेलीको समाचार प्रमुख एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : 2:36 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका