ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा निषेध गरिएको छ । पाथीभरा (मुक्कुमलुङ) पवित्र तथा प्रसिद्ध धार्मिकस्थल भएकाले सो क्षेत्रमा मदिरा निषेध गरिएको हो ।

पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटल सञ्चालनमा रहेका छन् । सो क्षेत्रमा मदिराजन्य वस्तुको सेवन तथा कारोबार गर्न निषेध गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गरी मदिरा निषेध गरिएको छ ।

समितिको बैठकले काफ्लेपाटी र सोभन्दा माथिको क्षेत्रमा मदिराजन्य वस्तु सेवन गर्न र बेचबिखन गर्न पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको हाङ्बाङले जानकारी दिनुभयो । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री वितरण गर्न पूर्णरुपमा निषेध गरिएसँगै यसलाई प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

मदिरा निषेध गर्ने निर्णयको उल्लङ्घन भएमा कानुनबमोजिम कारबाही हुने पनि समितिले सम्बन्धित सबैलाई सचेत गराएको छ ।gorkhapatraonline.com

प्रकाशित मिति : 11:23 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा