नालिफुङवाको आयोजनामा सम्पन्न भएको पुरुष फुटबलको आय व्यय सार्वजनिक 



ताप्लेजुङ । नालिफुङ्वा युवा क्लब र युनाइटेड युथ क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको पुरुष फुटबल खेल प्रतियोगिताको आय व्यय सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा मेरिङदेनको थुकिमामा सम्पन्न भएको उक्त खेलको आय व्यय सार्वजनिक भएको हो ।

 जसमा ५ लाख २२ हजार आम्दानी भएकोमा ३ लाख २९ हजार रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभएको छ । उहाँका अनुसार १ लाख ९३ हजार रुपैयाँ भने बचत भएको छ । 

साथै ९० हजार रुपैयाँ भने उठ्न बाँकी रहेको लङ्वाले बताउँनुभयो । मिति २०८० साल चैत्र २१ गतेबाट सुरु भएको पुरुष फुटबल प्रतियोगिता २०८१ साल बैशाख १ गते सम्पन्न भएको थियो भने, उपाधि लिङखिमले हात पारेको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार ०८:२८

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन