जिल्ला प्रशासन ताप्लेजुङद्वारा नवीकरण अवधि ५ वर्ष नगरेका हतियार र इजाजतपत्र प्रहरीलाई बुझाउन आग्रह



ताप्लेजुङ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ५ वर्ष भन्दा बढी अवधि नवीकरण नगरेका हतियार र इजाजतपत्र नजिकको प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले ५ वर्ष भन्दा बढी अवधि नवीकरण नगरेका हतियार र इजाजतपत्र जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा अनिवार्य बुझाउनुपर्ने बताउनुभयो ।

प्रशासन कार्यालयले हतियार राख्ने इजाजत पत्र प्राप्त गरी ताप्लेजुङ प्रशासन कार्यालयबाट नवीकरण नभएको तर कानुन बमाजिम अन्य जिल्लाबाट नवीकरण भएको भए त्यसको प्रमाण कागज पेश गर्न एक महिनाको समय दिएको छ ।

उक्त अवधिमा नवीकरण प्रमाण पेश नभएमा वा ५ वर्ष भन्दा बढी अवधि नवीकरण नभएका हतियार र इजाजतपत्र नजिकको प्रहरी कार्यालयमा नबुझाएमा कानुन अनुसार कारवाही हुने चेतावनी पनि प्रशासन कार्यालयले दिएको छ । eujyalopost.com

प्रकाशित मिति : 6:59 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम