९ महिनामा १ लाख ६८ हजार बढी तीर्थयात्रीले पाथिभराको दर्शन गरे



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरमा चालु आर्थिक वर्षको ९ महिनामा डेढ लाख बढी तीर्थयात्रीले मन्दिर दर्शन गरेका छन् । गत साउनदेखि चैत्र मसान्तसम्म १ लाख ६८ हजार ४ सय ६८ जना भक्तजनले मन्दिर दर्शन गरेको तथ्याङ्क  पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । 

तथ्याङ्क अनुसार सबैभन्दा बढी चैत्र महिनामा ५२ हजार ४ सय ५५ जना र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना तीर्थयात्री मन्दिर आएका थिए । भदौमा ५ हजार, असोजमा १० हजार ३ सय ४३, कात्तिकमा ४९ हजार १ सय ६३ जना भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । 

यस्तै मङ्सिरमा २० हजार ४ सय १६ जना, पुषमा ५ हजार ६ सय ५५, माघमा ६ हजार ४ सय १, फागुनमा १७ हजार ९ सय १२ जना तीर्थयात्री आएका हुन् । चालु आर्थिक वर्षको कात्तिक र चैत्र महिनामा तीर्थयात्रीको चाप उच्च भएको बताइएको छ । 

पाथीभरामा दुई सिजन असोज–कात्तिक र चैत्र–वैशाखमा दर्शन गर्न अत्याधिक मात्रामा देशविदेशबाट आउने गरेका छन् । भक्तजनको दर्ता फेदीमा रहेको अस्थायी प्रहरी चौकीले गर्दै आइरहेको छ । गत वर्ष २ लाख भन्दा बढी मानिस मन्दिर दर्शन गर्न आएका थिए ।

प्रकाशित मिति : 12:52 pm

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला