विकास निर्माणमा कसैले अवरोध गर्नु हुँदैन : योगेश भट्टराई 



ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताउँनु भएको छ । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

उहाँले भन्नु भयो, ‘केबलकार होस या अन्य कुनै विकासको आयोजना के कुरामा असहमति हो हामी बसौँ छलफल गरौँ तर, कुनै पनि हालतमा काम गर्न दिन्न भन्नु त्यति उक्तिसङ्गत हुँदैन यो व्यक्तिको लागि नभइ जिल्लाको विकास र समृद्धिको लागि हो ।’

यस्तै ताप्लेजुङ जिल्लामा जलविद्युत लगायत ठूला ठूला आयोजनामा निजी क्षेत्रको संलग्नता हुनु खसिको कुरा भएको बताउँदै उहाँले भन्नुभयो, ‘विकास निर्माणमा कसैले पनि अवरोध गर्नु हुँदैन हामी सबैलाई थाहा छ सभ्यता संस्कृति मासेर विकास गर्ने भनेको होइन सभ्यता संस्कृतिलाई जर्गेना  गर्दै आजको आधुनिक विकास निर्माण कार्य अगाडि बढाउनुपर्छ त्यसका निमित्त हामीसँग जलविद्युत आयोजना पर्याप्त छ, यसको फाइदा ताप्लेजुङकै स्थानीयले लिने हो ।’ 

उहाँले विकासले विनाश गर्छ भन्नु भ्रम रहेको भन्दै नेकपा एमाले सँधै विनाशको पक्षमा नभइ केवल सभ्यता, संस्कृति र पहिचानको पक्षमामा भएको बताउँनुभयो 

प्रकाशित मिति : 3:26 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा