विकास निर्माणमा कसैले अवरोध गर्नु हुँदैन : योगेश भट्टराई 



ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताउँनु भएको छ । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । 

उहाँले भन्नु भयो, ‘केबलकार होस या अन्य कुनै विकासको आयोजना के कुरामा असहमति हो हामी बसौँ छलफल गरौँ तर, कुनै पनि हालतमा काम गर्न दिन्न भन्नु त्यति उक्तिसङ्गत हुँदैन यो व्यक्तिको लागि नभइ जिल्लाको विकास र समृद्धिको लागि हो ।’

यस्तै ताप्लेजुङ जिल्लामा जलविद्युत लगायत ठूला ठूला आयोजनामा निजी क्षेत्रको संलग्नता हुनु खसिको कुरा भएको बताउँदै उहाँले भन्नुभयो, ‘विकास निर्माणमा कसैले पनि अवरोध गर्नु हुँदैन हामी सबैलाई थाहा छ सभ्यता संस्कृति मासेर विकास गर्ने भनेको होइन सभ्यता संस्कृतिलाई जर्गेना  गर्दै आजको आधुनिक विकास निर्माण कार्य अगाडि बढाउनुपर्छ त्यसका निमित्त हामीसँग जलविद्युत आयोजना पर्याप्त छ, यसको फाइदा ताप्लेजुङकै स्थानीयले लिने हो ।’ 

उहाँले विकासले विनाश गर्छ भन्नु भ्रम रहेको भन्दै नेकपा एमाले सँधै विनाशको पक्षमा नभइ केवल सभ्यता, संस्कृति र पहिचानको पक्षमामा भएको बताउँनुभयो 

प्रकाशित मिति : 3:26 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका