मेरिङदेनद्धारा स्थायी शिक्षक नियुक्ति भई आएकाहरुलाई स्वागत 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्ति भई आएकाहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी पदस्थापनको लागि मेरिङदेन गाउँपालिकामा पुगेका ८ जना शिक्षकहरूलाई स्वागत गरेको हो । 

प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका   ७८ जना शिक्षकहरूलाई मंगलबार शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले नियुक्ति पत्र बितरण गरेको थियो । जसमा मेरिङदेन गाउँपालिकामा ८ जनाको दरबन्दी परेको थियो । 

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा २१ जना, मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी परेको छ ।

मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जना र फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी परेको  शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 2:24 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा