मेरिङदेनमा लागू औषध दुर्व्यसनलाई पूर्ण रूपले अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिने



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा लागू औषध दुर्व्यसनलाई पूर्ण रूपले अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि गाउँपालिकाको मातहतमा रहेका प्रत्येक विद्यालयहरूमा हुनसक्ने लागू औषध दुर्व्यसनलाई अन्त्य गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

आज मेरिङदेन गाउँ कार्यपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक संस्था र स्थानीय आमाहरूलाई परिचालन गरी विद्यालय र प्रहरी माझ सम्पर्क स्थापित गरिने निर्णय भएको मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । 

अहिले लागू औषधको कुलतमा धेरै विद्यार्थीहरू नै फसेको हुनाले यो अभियान गाउँपालिकाका सबै विद्यालयहरूमा लागू भई गाउँपालिकामा लागू औषध दुर्व्यसन पूर्ण रूपले अन्त्य हुने विश्वास लिएको गाउँपालिका अध्यक्ष युक हाङ वीर हाङ्गाम डम्बरले बताउनुभयो । 

प्रकाशित मिति : 2:05 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन