स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ प्रावि शिक्षकलाई नियुक्ति पत्र वितरण



ताप्लेजुङ । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई मंगलवार शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले एक कार्यक्रममार्फत नियुक्ति पत्र बितरण गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले सिफारिस भई आएका ७८ जनालाई नियुक्ति पत्र सहित कार्यस्थलका लागि बिदाई गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा २१ जना, मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी अनुसार नियुक्तिपत्र प्रदान गरिएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जना र फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी अनुसार नियुक्ति पत्र प्रदान गरिएको हो । सो अवसरमा शिक्षक सेवामा नयाँ प्रवेशीहरुलाई कार्यस्थलमा अपनाउनुपर्ने शैली र प्रकृयामा बारेमा समेत जानकारी गराईएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।eujyalopost.com

प्रकाशित मिति : 2:30 pm

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी