स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ प्रावि शिक्षकलाई नियुक्ति पत्र वितरण



ताप्लेजुङ । प्राथमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि ताप्लेजुङमा सिफारिस भई आएका ७८ जनालाई मंगलवार शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले एक कार्यक्रममार्फत नियुक्ति पत्र बितरण गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले सिफारिस भई आएका ७८ जनालाई नियुक्ति पत्र सहित कार्यस्थलका लागि बिदाई गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा २१ जना, मैवाखोला गाउँपालिकामा १२ जना, सिरिजङ्गा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकामा समान ८–८ जनाको दरबन्दी अनुसार नियुक्तिपत्र प्रदान गरिएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा समान ६–६ जना र फुङलिङ नगरपालिकामा सबैभन्दा कम १ जनाको दरबन्दी अनुसार नियुक्ति पत्र प्रदान गरिएको हो । सो अवसरमा शिक्षक सेवामा नयाँ प्रवेशीहरुलाई कार्यस्थलमा अपनाउनुपर्ने शैली र प्रकृयामा बारेमा समेत जानकारी गराईएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।eujyalopost.com

प्रकाशित मिति : 2:30 pm

तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता भदौ २४ गते, पुरस्कार राशि वृद्धि

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष