पाथिभरा क्षेत्रमा सबै इच्छुक व्यावसायीहरूले होटल खोल्न पाउने व्यवस्था गराइदिन होटल व्यवसायी महासंघको माग



ताप्लेजुङ । होटल व्यवसायी महासंघ ताप्लेजुङले पाथिभरा क्षेत्रमा सबै इच्छुक व्यावसायीहरूले होटल खोल्न पाउने व्यवस्था गराइदिन माग गरेका छन् । आज फुङलिङ नगरपालिका नगर प्रमुख अमिर मादेन समक्ष एक ज्ञापन पत्र बुझाउदै उक्त माग राखेका हुन् ।

फुङलिङ नगरपालिका वडा नं. १० र ११ मा पर्ने पाथिभरा क्षेत्र फेदीमा रहेको सार्वजनिक तथा सामुदायिक वन क्षेत्रमा हाल होटलहरु सञ्चालनमा रहेका छन् । उक्त स्थानमा व्यवसाय सञ्चालन गर्नका लागि सीमित व्यवसायिहरुलाई जसरी होटल सञ्चालन गर्न दिइएको छ त्यसरी नै सबैले सञ्चालन गर्न पाउनु पर्ने माग राखेका छन् । 

कानुन बमोजिम नभए थप कानुन निर्माण गरी मापदण्ड तोकेर सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार सबै इच्छुक व्यावसायीहरूले खुल्ला प्रतिष्पर्धा मार्फत दुर्लभ वन्यजन्तु रेडपान्डा र राष्ट्रिय फुल लालिगुराँसको संरक्षण गर्दै व्यवसाय सञ्चालन गर्न पाउने माग राखेको होटल व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले बताउनुभयो । 

यदि व्यवसाय सञ्चालन गर्न नमिल्ने भए सोही बमोजिम नियम कार्यन्वयन गर्न उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १४:१९

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको