पाथीभरामा आज एकैदिन ८ हजार बढीले गरे मन्दिरको दर्शन 



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा आज एकैदिन ८ हजार बढीले मन्दिर दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार आज एकैदिन ८ हजार १ सय ४ जना दर्शनार्थी मन्दिर दर्शनका लागि पाथीभरा पुगेका हुन् । 

पाथीभरा मन्दिरको सिजन सुरु भएसँगै हालसम्मकै सबैभन्दा बढी आज तीर्थयात्री मन्दिर पुगेको समितिले जनाएको छ । गत शनिबार मात्रै ७ हजार ७ सय ७६ भक्तजन पाथीभरा पुगेका थिए । २०८० सालको शैक्षिक सत्र समाप्त भएसँगै मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको संख्या बढ्दै गएको समितिको भनाई छ । 

पाथीभरामा साताको दुई दिन शनिबार र मंगलबार दर्शनार्थीको चाप बढ्ने गरेको छ । जिल्लाबाहिरबाट हजारौँको सङ्ख्यामा तीर्थयात्री आएपछि फुङलिङ–सुकेटार–फेदीका होटलसँगै मेचीराजमार्ग आसपासका होटलहरु समेत भरिभराउ भएका छन् ।

प्रकाशित मिति : 12:57 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका