पाथीभरामा आज एकैदिन ८ हजार बढीले गरे मन्दिरको दर्शन 



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा आज एकैदिन ८ हजार बढीले मन्दिर दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार आज एकैदिन ८ हजार १ सय ४ जना दर्शनार्थी मन्दिर दर्शनका लागि पाथीभरा पुगेका हुन् । 

पाथीभरा मन्दिरको सिजन सुरु भएसँगै हालसम्मकै सबैभन्दा बढी आज तीर्थयात्री मन्दिर पुगेको समितिले जनाएको छ । गत शनिबार मात्रै ७ हजार ७ सय ७६ भक्तजन पाथीभरा पुगेका थिए । २०८० सालको शैक्षिक सत्र समाप्त भएसँगै मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको संख्या बढ्दै गएको समितिको भनाई छ । 

पाथीभरामा साताको दुई दिन शनिबार र मंगलबार दर्शनार्थीको चाप बढ्ने गरेको छ । जिल्लाबाहिरबाट हजारौँको सङ्ख्यामा तीर्थयात्री आएपछि फुङलिङ–सुकेटार–फेदीका होटलसँगै मेचीराजमार्ग आसपासका होटलहरु समेत भरिभराउ भएका छन् ।

प्रकाशित मिति : 12:57 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन