टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारका लागि मनु मावोको नाम सिफारिस गरिने



ताप्लेजुङ । यसबर्षको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारका लागि नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले पत्रकार मनु मावोको नाम सिफारिस गर्ने भएको छ । शाखाको बैठकले रेडियो तमोरमा कार्यरत मावोको नाम सिफारिस गर्ने भएको हो ।

मावोलाई पुरस्कार बितरण गर्न टीकाराम गौतम स्मृति प्रतिष्ठान समक्ष सिफारिस गर्ने निर्णय गरेको पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्यले जानकारी दिनुभयो । मावो २०७० साल देखि पत्रकारिता क्षेत्रमा कार्यरत रहनु भएको छ । उहाँ पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य समेत रहनु भएको छ ।

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिसमा प्रतिष्ठानले पुरस्कृत हुने सञ्चारकर्मीको निर्णय गर्ने गरेको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत हरेक बर्ष एकजना सञ्चारकर्मी,एकजना सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाको उत्कृष्ट एक रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आइरहनु भएको छ ।

स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्ने छ । गौतम २०१३ साल बैशाख ९ गते जन्मिनु भएको हो । eujyalopost.com

प्रकाशित मिति : 12:05 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका