फक्ताङलुङका ७६ जना विधार्थीले ग्रेड वृद्धिको परिक्षा दिन पाउने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । जस अनुसार पालिकाको १४ विद्यालयको १९७ जना विधार्थी सहभागी भएकोमा ६५ जना विद्यार्थी उर्तीण भएका छन् । गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)का अनुसार ७६ जना विधार्थीले ग्रेड वृद्धिको परिक्षा दिन पाउने छन् भने ५६ जना विधार्थीले भने कक्षा ८ दोहो¥याउनुपर्ने भएको छ । फक्ताङ्लुङले बैशाख ९ गते देखि ग्रेडबृद्धिको परीक्षा हुनेगरी कार्यतालिका निर्धारण गरेको जनाएको छ । शिक्षालाई सुधार गर्नको लागि कमजोर विधार्थीहरुलाई पुन कक्षा दोहो¥याउने व्यवस्था गरिएकोले यस अभियानलाई सबैजना एकजुट भएर साथ दिने विश्वास समेत लिएको अध्यक्ष लिम्बुको भनाई छ ।

पालिकाले गत चैत ४ देखि १३ गते सम्म कक्षा ८ को पालिका स्तिरीय परीक्षा सञ्चालन गरेको थियो । फक्ताङलुङ गाउँपालिकाले शैक्षिक सुधारका लागि ९ वटा माध्यमिक विद्यालयमा कक्षा ६ सम्म र ३१ वटा आधारभुत विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेको छ । त्यस्तै गाउँपालिकाले पालिका स्थायी बसोबास भएका उच्च शिक्षा हाँसिल गर्न चाहने पाथीभरा क्याम्पसमा अध्ययन गरिरहेका बिधार्थीहरुको लागि पुर्ण छात्रवृत्ति समेत प्रदान गरेको छ ।


शैक्षिक सुधारका लागि शिक्षक एक्लै पालिका एक्लै मात्रै नभई पालिका,शिक्षक, बिधार्थी, अभिभावक, र विद्यालय व्यवस्थापन समितीको उत्तिकै भुमिका हुने भएकोले सबै लागेमा मात्रै नतिजामा सुधार ल्याउन सकिने अध्यक्ष लिम्बुको भनाई रहेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यालय व्यवस्थापन समिती गठन भई रहेकोले शैक्षिक विकासका लागि राजनीतिक व्यक्तित्व भन्दापनि शिक्षालाई बुझेको र यस क्षेत्रमा केहि योगदान गरौँ भन्ने हुटहुटी भएको व्यक्तिलाई चयन गर्न अध्यक्ष लिम्बुले आग्रह गरे । नयाँ शैक्षिक सत्रबाट पालिकामा दुई स्थानमा केन्द्र तोकेर त्यँहिबाट पालिकाभरीको कक्षा ८ को परिक्षा लिईने व्यवस्था गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 3:12 pm

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल