फक्ताङलुङका ७६ जना विधार्थीले ग्रेड वृद्धिको परिक्षा दिन पाउने



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । जस अनुसार पालिकाको १४ विद्यालयको १९७ जना विधार्थी सहभागी भएकोमा ६५ जना विद्यार्थी उर्तीण भएका छन् । गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति)का अनुसार ७६ जना विधार्थीले ग्रेड वृद्धिको परिक्षा दिन पाउने छन् भने ५६ जना विधार्थीले भने कक्षा ८ दोहो¥याउनुपर्ने भएको छ । फक्ताङ्लुङले बैशाख ९ गते देखि ग्रेडबृद्धिको परीक्षा हुनेगरी कार्यतालिका निर्धारण गरेको जनाएको छ । शिक्षालाई सुधार गर्नको लागि कमजोर विधार्थीहरुलाई पुन कक्षा दोहो¥याउने व्यवस्था गरिएकोले यस अभियानलाई सबैजना एकजुट भएर साथ दिने विश्वास समेत लिएको अध्यक्ष लिम्बुको भनाई छ ।

पालिकाले गत चैत ४ देखि १३ गते सम्म कक्षा ८ को पालिका स्तिरीय परीक्षा सञ्चालन गरेको थियो । फक्ताङलुङ गाउँपालिकाले शैक्षिक सुधारका लागि ९ वटा माध्यमिक विद्यालयमा कक्षा ६ सम्म र ३१ वटा आधारभुत विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्न सुरु गरेको छ । त्यस्तै गाउँपालिकाले पालिका स्थायी बसोबास भएका उच्च शिक्षा हाँसिल गर्न चाहने पाथीभरा क्याम्पसमा अध्ययन गरिरहेका बिधार्थीहरुको लागि पुर्ण छात्रवृत्ति समेत प्रदान गरेको छ ।


शैक्षिक सुधारका लागि शिक्षक एक्लै पालिका एक्लै मात्रै नभई पालिका,शिक्षक, बिधार्थी, अभिभावक, र विद्यालय व्यवस्थापन समितीको उत्तिकै भुमिका हुने भएकोले सबै लागेमा मात्रै नतिजामा सुधार ल्याउन सकिने अध्यक्ष लिम्बुको भनाई रहेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विद्यालय व्यवस्थापन समिती गठन भई रहेकोले शैक्षिक विकासका लागि राजनीतिक व्यक्तित्व भन्दापनि शिक्षालाई बुझेको र यस क्षेत्रमा केहि योगदान गरौँ भन्ने हुटहुटी भएको व्यक्तिलाई चयन गर्न अध्यक्ष लिम्बुले आग्रह गरे । नयाँ शैक्षिक सत्रबाट पालिकामा दुई स्थानमा केन्द्र तोकेर त्यँहिबाट पालिकाभरीको कक्षा ८ को परिक्षा लिईने व्यवस्था गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 3:12 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी