बौद्ध भिक्षुमाथि राज्यबाट भौतिक आक्रमण भएको भन्दै नेपाल शेर्पा संघ ताप्लेजुङको  ध्यानाकर्षण



ताप्लेजुङ । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङले बौद्ध भिक्षुमाथि राज्यबाट अपमान र भौतिक आक्रमण भएको भन्दै ध्यानाकर्षण गराएको छ ।  आज एक विज्ञप्ति जारी गर्दै शेर्पा संघ जिल्ला कार्य समिति ताप्लेजुङ र मातहतका भातृ संस्थाहरूले गत शनिबार भद्रकाली मन्दिर परिसरमा बौद्ध भिक्षुमाथि नेपाल प्रहरीले गरेको दुर्व्यवहार प्रति ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा भगवान बुद्धको विनय अनुसार चिवर धारण गरी बौद्ध शिक्षा अध्ययन अध्यापन गर्ने बौद्ध भिक्षुलाई बौद्ध समुदायले बुद्ध सरह नै आस्था श्रद्धा र विश्वास गर्ने गरिएको उल्लेख गर्दै उनीहरु मथि नेपाल प्रहरीबाट अपमानजनक रुपमा कुटपिट भएकोले यस प्रति संस्थाहरूले खेद प्रकट गरिएको जनाइएको छ । 

राज्यका जिम्मेवार निकायका जनताको सुरक्षा गर्ने सुरक्षाकर्मीले नै सार्वजनिक स्थलमा भिक्षुहरू माथि गरिएको दुर्व्यववहार प्रति विश्वभरका बौद्ध मार्गीहरुले सो घटना र सरकारी रवैया प्रति दुख प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै धार्मिक सहिष्णुता सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता गतिविधि निरुत्साहित गर्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 12:57 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप