ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास



ताप्लेजुङ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले प्रशासनिक भवनको शिलान्यास गर्नु भएको हो । 

करिब २ वर्षको अवधिभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो । आगामी २०८३ साल जेठ मसान्त सम्ममा निर्माणको कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । 

भ्याट सहित १२ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने गरी आरआरआर केटीएम निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिकाको ३ नं। वडा कोलडाँडा क्षेत्रमा भवनको शिलान्यास गरिएको पालिकाले जनाएको छ । नवनिर्मित पालिकाको भवन ४ तलाको रहने बताइएको छ । 

 
पालिकाको भवन निर्माण गर्नका लागि स्थानीय चोङबाङ परिवारले निःशुल्क रुपमा २० रोपनी जग्गा उपलब्ध गराएको वनेमले बताउनुभयो । शिलान्यास कार्यक्रममा अध्यक्ष वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

यसअघि जिल्लाको फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका, मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाले निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा गरिरहेको छन् ।  

प्रकाशित मिति : 12:51 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण