ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास



ताप्लेजुङ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आइतबार मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले प्रशासनिक भवनको शिलान्यास गर्नु भएको हो । 

करिब २ वर्षको अवधिभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी शिलान्यास गरिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो । आगामी २०८३ साल जेठ मसान्त सम्ममा निर्माणको कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । 

भ्याट सहित १२ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने गरी आरआरआर केटीएम निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिकाको ३ नं। वडा कोलडाँडा क्षेत्रमा भवनको शिलान्यास गरिएको पालिकाले जनाएको छ । नवनिर्मित पालिकाको भवन ४ तलाको रहने बताइएको छ । 

 
पालिकाको भवन निर्माण गर्नका लागि स्थानीय चोङबाङ परिवारले निःशुल्क रुपमा २० रोपनी जग्गा उपलब्ध गराएको वनेमले बताउनुभयो । शिलान्यास कार्यक्रममा अध्यक्ष वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

यसअघि जिल्लाको फुङलिङ नगरपालिका, सिरिजंघा गाउँपालिका, मेरिङदेन गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाले निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा गरिरहेको छन् ।  

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार ००:५१

मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोडले बढ्यो

ताप्लेजुङ  । मालपोत कार्यालय ताप्लेजुङको राजस्व झन्डै एक करोड रुपियाँले

एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

एक वर्षमा पाथीभरा मन्दीरमा तीन करोड ११ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान

ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न

ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो

ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको