पाँचथरमा स्थानीय तहमा निर्वाचित लिम्बू समुदायका १० जनप्रतिनिधिलाई सम्मान



पाँचथर । पाँचथर जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित लिम्बू समुदायका दश जना जनप्रतिनिधिलाई सामूहिक रूपमा सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई फिदिममा सम्मान गरिएको हो ।

लिम्बूथरगत संस्थाले पालिकामा रहेका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक थाकथलो संरक्षण तथा प्रवर्द्धनमा योगदान गरेको भन्दै उहाँहरूलाई सम्मान गरेको हो ।

फिदिम ४ स्थित सम्हात्लुङ गडीमा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले उहाँहरूलाई कदर पत्र तथा फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेमा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे, उपप्रमुख यामकुमार आङबो, फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, कुम्मायक पालिका अध्यक्ष बमप्रसाद लावती, फालेलुङ पालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठकुरसि नेम्बाङ, फालेलुङ उपाध्यक्ष महेन्द्रहाङ जबेगु, तुम्वेबा गाउँपालिका उपाध्यक्ष खड्क सम्बाहाम्फे, मिक्लाजुङ उपाध्यक्ष सन्तोष हुनुहुन्छ ।

कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका नेता, जनप्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित मिति : 12:44 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका