ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत सव स्टेसन प्रसारण लाइनको गरियो परीक्षण



ताप्लेजुङ । कोशी करिडोर अन्तर्गत ताप्लेजुङको मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत सव स्टेसन प्रसारण लाइनको शनिवार परीक्षण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत प्रसारण लाईनको शनिवार सफल परीक्षण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । यही क्षेत्रमा २२० केभिए प्रसारण लाइन समेत बन्ने छ । 

यो सँगै अव ताप्लेजुङ र आसपासका जिल्लाका नदी तथा खोलाबाट उत्पादित विद्युत यही सब स्टेसनमा जडान गरी नेपाल विद्युत प्राधिकरणले तेह्थुम बसन्तपुरस्थित २२० र १३२ केभिए विद्युत प्रसारण लाइनमा जडान गरी व्यवस्थापन गर्ने भएको छ ।

पहिलो चरणमा तमोर नदीबाट उत्पादित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युत यही चैत २७ गते यही प्रसारण लाइनमार्फत व्यवस्थापन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भै रहेको छ । 

नेपाल विद्युत प्रसारण लाइनका उप महानिर्देशक दीर्घायु कुमार श्रेष्ठ र २२० प्रसारण लाइनका निर्देशक थर्कबहादुर थापाको उपस्थितिमा जडान परीक्षण गरिएको समेत गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । eujyalopost.com

प्रकाशित मिति : 12:40 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा