ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत सव स्टेसन प्रसारण लाइनको गरियो परीक्षण



ताप्लेजुङ । कोशी करिडोर अन्तर्गत ताप्लेजुङको मैवाखोला गाउँपालिका ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत सव स्टेसन प्रसारण लाइनको शनिवार परीक्षण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युत प्रसारण लाईनको शनिवार सफल परीक्षण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । यही क्षेत्रमा २२० केभिए प्रसारण लाइन समेत बन्ने छ । 

यो सँगै अव ताप्लेजुङ र आसपासका जिल्लाका नदी तथा खोलाबाट उत्पादित विद्युत यही सब स्टेसनमा जडान गरी नेपाल विद्युत प्राधिकरणले तेह्थुम बसन्तपुरस्थित २२० र १३२ केभिए विद्युत प्रसारण लाइनमा जडान गरी व्यवस्थापन गर्ने भएको छ ।

पहिलो चरणमा तमोर नदीबाट उत्पादित ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युत यही चैत २७ गते यही प्रसारण लाइनमार्फत व्यवस्थापन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भै रहेको छ । 

नेपाल विद्युत प्रसारण लाइनका उप महानिर्देशक दीर्घायु कुमार श्रेष्ठ र २२० प्रसारण लाइनका निर्देशक थर्कबहादुर थापाको उपस्थितिमा जडान परीक्षण गरिएको समेत गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । eujyalopost.com

प्रकाशित मिति : 12:40 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका