एकैदिन ७ हजार बढीले गरे पाथीभराको दर्शन



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन ७ हजार बढी दर्शनार्थीले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन् ।

यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ । पाथीभरा दर्शन गर्न बाह्रै महिना सकिने भएतापनि मुख्यतया चैत, वैशाख र असोज, कार्तिक दुई सिजनमा दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : 2:13 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ