पाथीभरा क्याम्पस र स्ववियुलाई अखिल क्रान्तिकारी कमिटीको सहयोग



ताप्लेजुङ । ताप्लेजुङस्थित अनेरास्ववियु (क्रान्तिकारी) पाथीभरा बहुमुखी क्याम्पस इकाई कमिटीले क्याम्पस र स्ववियुलाई सामग्री सहयोग गरेको छ । इकाई कमिटीले पाथीभरा बहुमुखी क्याम्पस र सोही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनलाई सहयोग गरेको हो ।

इकाई कमिटी उपाध्यक्ष रोशन लिम्बूका अनुसार क्याम्पसलाई छ–छ थान बाल्टी र जग साथै स्ववियुलाई डस्वीन (फोहरदानी) र पोचा उपलब्ध गराएको छ । बेला बेलामा विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको अखिल क्रान्तिकारी इकाई कमिटीले सो सामग्री सहयोग गरेको जनाएको छ ।

सहयोग सामग्री क्याम्पस प्रमुख सजन पौडेल र स्ववियुका पदाधिकारीलाई हस्तान्तरण गरिएको इकाई कमिटीले जनाएको छ । सामग्रा हस्तान्तरण कार्यक्रममा इकाई कमिटीका सचिव राज गुरुङलगायतको उपस्थिति रहेको बताइएको छ । eujyalopost.com

प्रकाशित मिति : 12:55 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई