खेलाडीलाई पाथीभरा याङ्वरकको सम्मान



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ। विभिन्न स्थानीय तहमा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सहभागी भएर उपाधि जित्न सफल खेलाडीलाई गाउँपालिकाले सम्मान साथै पुरस्कृत गरेको हो।

जिल्लाको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा सञ्चालित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गरिएको हो। पाथीभरा याङ्वरक गाउँपालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल भएका खेलाडीलाई सम्मान गर्नुका साथै पुरस्कृत गरिएको छ।

खेलाडीलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले सम्मान गर्नुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार प्रतियोगिता जितेर प्राप्त गरेको पुरस्कार रकम बराबर नै गाउँपालिकाको तर्फबाट थप रकमसहित खेलाडीलाई सम्मान गरिएको छ। भलिबल विधाका खेलाडीको प्रोत्साहन गर्न गाउँपालिकाले सम्मान गरेको घिमिरेले बताउनुभयो। गोरखापत्र

प्रकाशित मिति : 1:17 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका