एक हजार ८१७ जुवाडे पक्राउ, दुई करोड ६३ लाख बरामद



नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका विभिन्न भागमा जुवातास खेल्नेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ उपत्यकाबाट सात सय ७९, कोशी प्रदेशबाट एक सय १५, बागमती प्रदेशबाट एक सय १३, गण्डकी प्रदेशबाट दुई सय ९९, लुम्बिनी प्रदेशबाट ९४, कर्णाली प्रदेशबाट एक सय ४ र सुदूरपश्चिम प्रदेशबाट तीन सय १३ जना रहेका छन्।

उक्त अवधिमा प्रहरीले उनीहरूका साथबाट दुई करोड ६३ लाख ४५ हजार चार सय १७ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उक्त अवधिमा प्रहरीले जुवातास खेल्नेबाट पाँच सय ५४ बुक तास र दुई सय ५० थान कौडा बरामद गरेको छ। मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ।

यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी प्रावधान समेत छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार ०१:०८

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजारले बढ्यो

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ ।

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक