आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : 2:52 am

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले