डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई बराल दम्पतीद्वारा सिरक प्रदान



ताप्लेजुङ । ताप्लेजुङको  डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रलाई समाजसेवी एक दम्पतीले न्यानो सिरक प्रदान गरेका छन् । नेपाल नेत्रज्योति संघ जिल्ला शाखाद्वारा सञ्चालित उक्त उपचार केन्द्रलाई समाजसेवी बालमणि बराल र श्रीमती चन्द्रा बरालले पाँच थान सिरक प्रदान गर्नुभएको हो ।

शुक्रबार सदरमुकाम फुङ्लिङ बजारका व्यवसायी तथा नेपाल नेत्रज्योति संघ ताप्लेजुङका आजीवन सदस्यसमेत रहनुभएका बराल दम्पतीले सिरक प्रदान गर्नुभएको आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभएको छ । 

आँखा उपचार केन्द्र तथा केन्द्रमा उपचार सार्थ आँखा शिविरमा उपचार सेवा लिन आउने बिरामीसमेतले प्रयोग गर्नेगरी उहाँहरूले सिरक उपलब्ध गराउनुभएको गुरुङको भनाइ छ । बराल दम्पतीले आँखा उपचार केन्द्रमै पुगेर सिरक नेपाल नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । 

सिरक हस्तान्तरण कार्यक्रममा संघका अन्य पदाधिकारी, आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ लगायतका कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:49 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका