ताप्लेजुङमा आइपुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक



ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ। जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक शुक्रबार आइपुगेको हो।

यसवर्ष नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ताप्लेजुङ आइपुगेको हो। सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक ल्याइएको छ। जिल्लास्थित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले पाठ्यपुस्तक ल्याएको हो।

महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रले तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार सेट पाठ्यपुस्तक आइपुगेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली माध्यमको प्रतिकक्षा एक हजार ५०० का दरले १५ हजार सेट पाठ्यपुस्तक छन्। यस्तै कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमको तीन हजार ५०० सेट र लिम्बू भाषाको आनिपान पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार ५०० सेट नै आइपुगेको छ।

जिल्लामा पाठ्यपुस्तक आइपुगेसँगै आउँदो सोमबारदेखि बिक्री वितरण सुरु गरिने पनि महासङ्घका अध्यक्ष मिश्रले बताउनुभयो। महासङ्घले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यालय–विद्यालयमा पुर्‍याउनेगरी पाठ्यपुस्तक ल्याएको महासङ्घका प्रमुख सल्लाहकार दिनेश भट्टराईले बताउनुभयो। यस वर्ष सबै कक्षाको कुनै पनि विषय नछुटी पूरै सेट उपलब्ध रहेको पनि भट्टराईले जानकारी दिनुभयो।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याएको हो। यसवर्ष पनि पाठ्यपुस्तकको पुरानै मूल्य कायम रहेको महासङ्घले जनाएको छ। यता समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तक आएपछि विद्यार्थी, शिक्षक तथा अभिभावक हर्षित भएका छन्।

ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय छन्। शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार ३३० सामुदायिक विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन्। बाँकी १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका भट्टराईले जानकारी दिनुभयो। उक्त सङ्ख्यामा रहेका सामुदायिक विद्यालयमा करिव २० हजार विद्यार्थी अध्ययनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 12:04 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका