बिक्री भएन पाथीभरामा संकलन भएको सुनचाँदी



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा संकलित सुन र चाँदी बिक्री नहुने भएको छ । सुन र चाँदी बिक्रीका लागि आवेदन आह्वान गरिएकोमा कसैले पनि खरिद गर्न आवेदन नदिएका हुन् ।

पाथीभरामा हालसम्म संकलन भएको १७८ तोला सुन र पाँच हजार २९८ तोला चाँदी लिलाम बिक्रीका माध्यमबाट बिक्री गर्नेगरी पाथीभरा क्षेत्र विकास समितिले आवेदन आह्वान गरेको थियो । सुनचाँदी खरिदका दिइएको समयावधिमा कसैले पनि खरिद गर्न आवेदन नदिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

खरिदकर्ताले आवेदन नदिएपछि तत्कालका लागि सुन र चाँदी बिक्रीको प्रक्रिया अघि नबढ्ने भएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पाथीभरा दर्शनमा आएका भक्तजनले गत मङ्सिर १६ गतेसम्म चढाएका सुनका गरगहाना तथा चाँदीका सामग्री शुद्धीकरण समितिले बिक्री गर्न लागेको थियो । समितिले २१ दिने म्याद राखेर गोरखापत्र दैनिकमा लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो ।

शुद्धीकरण गरिएको १ नम्बर सुन १७८ तोला ८२ लाल प्रतितोला एकलाख २१ हजार र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी प्रतितोला एकहजार ४१० रुपियाँमा बिक्री गर्नेगरी न्युनतम मूल्य निर्धारण गरेको थियो । समितिले सुन र चाँदी बिक्री गर्ने प्रक्रिया सुरु गरेयता सुनचाँदीको मूल्य भने निरन्तर वृद्धि हुँदै आएको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । eujyalopost.com

प्रकाशित मिति : 11:03 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र