बिक्री भएन पाथीभरामा संकलन भएको सुनचाँदी



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा संकलित सुन र चाँदी बिक्री नहुने भएको छ । सुन र चाँदी बिक्रीका लागि आवेदन आह्वान गरिएकोमा कसैले पनि खरिद गर्न आवेदन नदिएका हुन् ।

पाथीभरामा हालसम्म संकलन भएको १७८ तोला सुन र पाँच हजार २९८ तोला चाँदी लिलाम बिक्रीका माध्यमबाट बिक्री गर्नेगरी पाथीभरा क्षेत्र विकास समितिले आवेदन आह्वान गरेको थियो । सुनचाँदी खरिदका दिइएको समयावधिमा कसैले पनि खरिद गर्न आवेदन नदिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

खरिदकर्ताले आवेदन नदिएपछि तत्कालका लागि सुन र चाँदी बिक्रीको प्रक्रिया अघि नबढ्ने भएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । पाथीभरा दर्शनमा आएका भक्तजनले गत मङ्सिर १६ गतेसम्म चढाएका सुनका गरगहाना तथा चाँदीका सामग्री शुद्धीकरण समितिले बिक्री गर्न लागेको थियो । समितिले २१ दिने म्याद राखेर गोरखापत्र दैनिकमा लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो ।

शुद्धीकरण गरिएको १ नम्बर सुन १७८ तोला ८२ लाल प्रतितोला एकलाख २१ हजार र पाँच हजार २९८ तोला १२ लाल असली चाँदी प्रतितोला एकहजार ४१० रुपियाँमा बिक्री गर्नेगरी न्युनतम मूल्य निर्धारण गरेको थियो । समितिले सुन र चाँदी बिक्री गर्ने प्रक्रिया सुरु गरेयता सुनचाँदीको मूल्य भने निरन्तर वृद्धि हुँदै आएको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । eujyalopost.com

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ११:०३

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय