सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजार कायम



सुनको भाउमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५२५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ५१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा यसले गर्दा नेपालमा पनि सुनको भाउ बढ्दै गएको हो।

प्रकाशित मिति : 6:22 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन