आजबाट खोक्लिङमा ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु



ताप्लेजुङ । नेतृत्व तथा क्षमता विकासका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङमा बिहीबार (आज) बाट ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा मिक्वाखोला गाउँपालिका वडा नं. २ र स्थानीय सगरमाथा महिला समूहको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापाले महिलाको नेतृत्व विकासमा उद्घोषण तथा भाषणकला सम्वन्धी अनुशिक्षण लाभदायक हुने विश्वास लिनुभयो । तालिममा उज्यालो पोष्ट दैनिकका सम्पादक समेत रहनु भएका पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गरिरहनु भएको छ ।

कार्यक्रममा मिक्वाखोला वडा नं. २ का वडासदस्य देवीमाया ओझा, वडा सचिव सुलभ घर्ती मगर, स्थानीय बुद्धिजीवि कृष्णप्रसाद थापा सहितको उपस्थिति रहेको थियो । स्थानीय सगरमाथा महिला समूहका अध्यक्ष बिमला बस्नेत थापाको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । eujyalopost.com

प्रकाशित मिति : 1:47 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ