आजबाट खोक्लिङमा ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु



ताप्लेजुङ । नेतृत्व तथा क्षमता विकासका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङमा बिहीबार (आज) बाट ५ दिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा मिक्वाखोला गाउँपालिका वडा नं. २ र स्थानीय सगरमाथा महिला समूहको समन्वयमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष झरेन्द्रप्रसाद थापाले महिलाको नेतृत्व विकासमा उद्घोषण तथा भाषणकला सम्वन्धी अनुशिक्षण लाभदायक हुने विश्वास लिनुभयो । तालिममा उज्यालो पोष्ट दैनिकका सम्पादक समेत रहनु भएका पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गरिरहनु भएको छ ।

कार्यक्रममा मिक्वाखोला वडा नं. २ का वडासदस्य देवीमाया ओझा, वडा सचिव सुलभ घर्ती मगर, स्थानीय बुद्धिजीवि कृष्णप्रसाद थापा सहितको उपस्थिति रहेको थियो । स्थानीय सगरमाथा महिला समूहका अध्यक्ष बिमला बस्नेत थापाको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना स्थानीय महिलाहरुको सहभागिता रहेको छ । eujyalopost.com

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १३:४७

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ