ताप्लेजुङमा ९९ सय प्रतिशत भन्दा बढीले लाए दादुरा रुबेला विरुद्धको खोप




एलिना दियाली
ताप्लेजुङ । देशैभर अभियानको रुपमा सञ्चालन भएको दादुरा रुबेला विरुद्धको खोप ताप्लेजुङमा ९९.४२ प्रतिशतले लगाएका छन् । जिल्लाका नौ स्थानीय तहको स्वास्थ्य शाखाले दिएको तथ्याङ्क अनुसार जिल्लामा खोप लक्षित बालबालिकाको संख्या ८ हजार ५ सय ६ जना रहेकोमा ८ हजार ४ सय ५६ जना बालबालिकामा उक्त खोप  लगाईएको  छ ।

जिल्लाको एक मात्रै फुङलिङ नगरपालिकामा लक्षित संख्याभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङका अनुसार २ हजार २ सय ५६ लाई खोप लाउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा २२ जना बढी बालबालिकालाई गरि कुल २ हजार २ सय ७८ जनालाई खोप लगाईएको छ ।


त्यस्तै पाथीभरा याङवरक गाउँपालिकामा लक्षित बालबालिकाको संख्या ६ सय ७५ रहेकोमा ७ सय ३५ बालबालिकालाई खोप दिईएको छ भने मेरिङदेन गाउँपालिकामा ७ सय ७८ जना लक्षित बालबालिका रहेकोमा ७ सय ५४ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाईएको छ ।


त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा ८ सय ४८ लक्षित बालबालिका रहेकोमा ९ सय १२ जना बालबालिकालाई खोप दिएको छ भने सिदिङ्वा गाउँपालिकामा लक्षित बालबालिकाको संख्या ७ सय ८० रहेकोमा ७ सय ४४ जनालाई खोप लगाईएको छ ।
त्यस्तै मैवाखोला गाउँपालिकामा लक्षित बालबालिका ७ सय ७१ रहेकोमा ६ सय ७८ जना बालबालिकालाई खोप दिईएको छ भने मिक्वाखोला गाउँपालिकामा ७ सय ३० लक्षित बालबालिका रहेकोमा ७ सय ५१ बालबालिकालाई दादुरा रुबेला बिरुद्धकोे खोप लगाईएको पालिकाले जनाएको छ ।


फक्ताङलुङ गाउँपालिकामा ७ सय ८७ लक्षित बालबालिका रहेकोमा ७ सय ५६ जनालाई खोप दिएको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सिरिजङ्गा गाउँपालिकामा लक्षित बालबालिका ८ सय ८१ जना रहेकोमा ८ सय ४८ बालबालिकालाई खोप लगाईएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका सुचना अधिकारी उदय नारायण दुलालका अनुसार दादुराको संक्रमणको हिसाबले विभिन्न क्षेत्रमा फरक उमेर समुहका व्यक्तिहरुलाई खोप लगाईएको थियो भने हिमाली जिल्ला भएकोले ताप्लेजुङका ९ महिना देखी ५ वर्ष मुनीका बालबालिकामा उक्त खोप लगाईएको हो ।


विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।
दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमता शक्तिलाई हप्तौंसम्म क्षति पुर्याइदिन्छ ।


यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेष गरी ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यसले गर्दा बालबालिकामा अरु संक्रामक रोगहरू हुने सम्भावना पनि बढाउँन्छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ । त्यसैले यो रोग बाट बच्न सरकारले खोप अभियान नै सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ११ : ०० बजे

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी