नेत्रज्योति दिवसको अवसरमा सशस्त्र प्रहरी वलमा कार्यरत तथा स्थानीयको आँखाको परीक्षण



ताप्लेजुङ । ४६ औं नेत्रज्योति दिवसको अवसरमा मंगलवार ताप्लेजुङस्थित सशस्त्र प्रहरी वल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघामा कार्यरत जनशक्ति तथा गुल्म आसपासका स्थानीयको आँखाको परीक्षण तथा चश्मा बितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकमार्फत आँखाको परीक्षण तथा चश्मा बितरण गरेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले बताउनुभयो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेका अनुसार परीक्षण पश्चात आवश्यक पर्नेहरुलाई चश्मा र औषधि समेत निःशुल्क बितरण गरिएको छ ।

उहाँका अनुसार गुल्म र आसपासका स्थानीय ७४ पुरुष र २२ महिला गरी कूल ९६ जनाको आँखाको परीक्षण गरिएको छ । सो क्रममा स्थानीय २ जना मोतियाबिन्दुका बिरामी भेटिएका छन् । गुल्मका दुईजनाको टेरिजमको शल्यकृया गर्नुपर्ने देखिएको छ । आँखामा मासु पलाएको अवस्थालाई टेरिजम भनिन्छ । १९ जनालाई चश्मा र अन्यलाई औषधि बितरण गरिएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले आफुहरुले विभिन्न समयमा आँखाको परीक्षण तथा उपचार गर्दै आएको र यसपटक नेत्रज्योति स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीको यहाँस्थित गुल्ममा कार्यरत तथा गुल्म आसपास रहेका स्थानीयको आँखाको परीक्षण गरेको जानकारी दिनुभयो ।

यसअघि नेत्रज्योति संघमार्फत नेपाली सेना,नेपाल प्रहरी,सञ्चारकर्मी र विभिन्न जलबिद्युत परियोजना सहितका निकायहरुमा कार्यरत जनशक्तिहरुको आँखाको परीक्षण तथा निःशुल्क चश्मा र औषधि बितरण भईसकेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।

सशस्त्र प्रहरी वल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालले स्थापना दिवसको अवसर पारेर गुल्ममा कार्यरत जनशक्ति तथा गुल्म आसपासका स्थानीयको आँखा परीक्षण सहितको सेवा प्रदान गरेकोमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङप्रति आभार प्रकट गर्नु भएको छ ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्ने विशुद्ध परोपकारी संस्था भएको र नियमित बाहेक विभिन्न सन्दर्भ तथा अवसरहरुमा विभिन्न निकायहरुमा कार्यरत जनशक्तिको आँखाको परीक्षण तथा निःशुल्क औषधि तथा चश्मा दिईदै आएको बताउनुभयो ।

कार्यक्रममा लक्ष्मी सनराईज बैंकका प्रवन्धक अनिल श्रेष्ठ,सोहि बैंकका कर्मचारी सुर्दशन रिजाल सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ५५ बजे

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा

संसद् अवरोधले नेपाली कांग्रेसलाई नै फाइदा नहुने योगेश भट्टराईको भनाई

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली कांग्रेसलाई

सुनको भाउ घट्यो

काठाडौं । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा

विराटनगर । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै

कोशीमा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गर्दै

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीको दाबी