ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भई बहने ९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा



इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।

पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ ।

२०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ ।

जसमध्ये संस्थापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल बैङ्क लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ ।

यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी प्रालि र इन्टेक तथा पाइप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो ।

यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनोट गरी जेपट हाइड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी सञ्चालक सतिस न्यौपानेले जानकारी दिनुभयो ।

जेपट हाइड्रो अस्ट्रियाबाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानल वोर्डहरु क्रोएसियाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो ।

यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाइमा प्रवर्द्धन गरिएका न्यौपाने समूहको अगुवाइमा रहेका आयोजनाको सङ्ख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसन लाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १३:०६

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक

पाथिभरामा दर्शनार्थीको चाप बढ्न थाल्यो, आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगे

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज