ताप्लेजुङको फुङलिङमा ढुङ्गाले लागेर एकको मृत्यु 



ताप्लेजुङ ।  ताप्लेजुङको फुङलिङमा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका ५ उकालीपानीका ५९ वर्षीय रामचन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मृतक गुरुङको ढुङ्गा फुटाएर खाजा खाने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर घटनास्थलमा मृत्यु भएको हो । ईन्द्रणी ब्याडमिन्टन हल छेउमा आज करिब ३ बजे गुरुङलाई ढुङ्गाले लागेर ज्यान गएको प्रहरी निरीक्षक लुङ्गलीको भनाई छ । 

मृतकको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टम पछि आज नै आफन्तलाई बुझाउने बताइएको छ । 

प्रकाशित मिति : 12:31 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका