मेरिङ्देन गाउँपालिकाद्वारा युनाइटेड हाइड्रोपावरको स्थलगत अवलोकन



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले  युनाइटेड हाइड्रोपावरको स्थलगत अवलोकन सहित अनुगमन  गरेको छ । गाउपालिका अध्यक्ष डम्बर हाङ्गाम, उपाध्यक्ष दुर्गा चोङ्बाङ, वडा अध्यक्ष बेद हाङ्गाम सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । 

अनुगमनका क्रममा कार्य प्रगति सहित सामाजिक उत्तरदायित्व अन्तरगतका कामका विषयमा जानकारी लिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगतका योजनाको अन्तिम  अनुगमन र भुक्तानीका लागि गाउँपालिकाको सिफारिसमा गर्न गाउपालिका अध्यक्षले आग्रह गर्नु भयो । 

आयोजनाको काम करिव ५५ प्रतिशत काम पूरा भएको आयोजनाका पब्लिक रिलेसन अफिसर आशिष केदेमले बताउनुभयो । उहाँका अनुसार आयोजनाको कुल ४ हजार ८ सय मिटरको सुरुङ मार्ग मध्ये अब ६ सय ५२ मिटर मात्रै जोडन बाँकी रहेको छ । 

आयोजना सम्पन्न गर्न समन्वयात्मक रुपमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । आयोजना आगामी आर्थिक वर्षको चैत्र मसान्त सम्ममा सक्ने गरी तयारी भइरहेको बताइएको छ । वातावरणीय प्रभाव मूल्यांकन अनुसार काम गर्न पालिकाले अनुरोध गरेको छ । 

आयोजनाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत प्राप्त रकम ३ वटा वडा खाम्लुङ, लिङतेप र थुकिमामा लगानी गर्ने तयारी भइरहेको छ । ५ करोड २५ लाख रुपैयाँको प्रत्येक ३ वटा वडामा १ करोड ३८ लाखका दरले वडाले रकम प्राप्त गर्ने भएका छन् । 

प्रकाशित मिति : 4:59 am

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।