इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन, प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक



इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ । रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

जसअन्तर्गत चैत १४ गतेसम्म उम्मेद्वारका आकांक्षीले आवेदन दिन सक्नेछन् । ⁠प्रारम्भिक उम्मेदवारको नामावली चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यले मतदान गर्नेछन्।

उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत हुने रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। अहिलेसम्म कुनै दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

प्रकाशित मिति : 2:14 am

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला