इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन, प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक



इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ । रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

जसअन्तर्गत चैत १४ गतेसम्म उम्मेद्वारका आकांक्षीले आवेदन दिन सक्नेछन् । ⁠प्रारम्भिक उम्मेदवारको नामावली चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यले मतदान गर्नेछन्।

उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत हुने रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। अहिलेसम्म कुनै दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ०२:१४

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित