आज दिनभर झरी पर्ने



काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी क्षेत्रमा वर्षा भएको छ । हिजोदेखि शुरु भएको झरी आज पनि कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँ तथा कोशी र मधेश प्रदेशका धेरै ठाउँमा हल्का वर्षा भैरहेको छ ।

दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद सञ्जिव अधिकारीले जानकारी दिनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै रहने उहाँको भनाइ छ । उहाँका अनुसार तीन दिनसम्म मौसम पूर्ण रुपमा सुधार हुने सम्भावना छैन ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बाग्मती प्रदेशमा वर्षा भएको छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि पानी परेको छ ।

पानी परेपछि किसान खुशी भएका छन् । तराई र पहाडी क्षेत्रमा मकै लगाउने सिजन भएकाले अहिलेको वर्षाले राहत पुगेको छ । यस्तै गहुँ, तोरी, मुसुरो लगायतका हिउँदेबाली र तरकारी बालीमा पनि फाइदा गरेको छ ।

साथै वनजङ्गलमा लागेको डढेलो निभाउन पनि अहिलेको पानीले सहयोग पुर्‍याएको छ ।

प्रकाशित मिति : 2:07 am

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक

दशौँ राष्ट्रिय खेलकुदका लागि ताप्लेजुङबाट ३२ विधामा खेलाडी छनोट हुने, नाम दर्ता गराउन आह्वान

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस ताप्लेजुङ ‘क’ को सभापतिमा खिम्दिङ विजयी

ताप्लेजुङ, असोज १५ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रदेशसभा निर्वाचन

शैक्षिक उन्नतिका लागि मयाम माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १४ गते । पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले

फुङ्लिङ नगरपालिकाद्धारा राष्ट्रिय खेलकुदको तयारीका लागि टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ, असोज १४ गते । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई