स्ववियु पाथीभरा बहुमुखी क्याम्पसद्वारा वार्षिक कार्य प्रगति सार्वजनिक 



ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पाथीभरा बहुमुखी क्याम्पसले १ वर्षको कार्य प्रगति कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमका बिच उक्त विवरण सार्वजनिक गरिएको स्ववियु सभापति अर्जुन खिम्दीङले जानकारी दिनुभयो । 

कार्यप्रगति विवरणमा १ करोड ३३ लाख लागतको १० कोठे भवन स्ववियुको पहलमा एचपिएफ, फुङलिङ नगर र क्याम्पसको त्रिपक्षीय साझेदारीमा सम्पन्न भएको विवरणमा उल्लेख छ । त्यस्तै सर्वसुलभ उच्च शिक्षाको अवधारणा लिएर फक्ताङलुङ गाउँपालिका सँग पहल गरी करिब १५० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाइएको, छात्रा विद्यार्थीहरूका लागि निशुल्क सेनीटरी प्याडको व्यवस्था गरिएको छ ।

 हाजिरी जवाफ प्रतियोगिताको आयोजना  सँगै शुद्ध तथा तातो चिसो खानेपानीको व्यवस्था गरिएको छ भने, सेभेन साइजको खेलमैदानको स्तरोन्नति समेत भएको छ । शिक्षक सेवा आयोग र अनुदान आयोगको छात्रवृत्ति २५० जनाको निशुल्क अनलाइन फारम भरिएको र वातावरण दिवसमा वृक्ष रोपण गरी साप्ताहिक क्याम्पस सरसफाइ तथा प्रत्येक कक्षाकोठामा डस्टबिनको व्यवस्था गरिएको बताइएको छ । 

आकस्मिक तथा प्राथमिक उपचारको व्यवस्था गरी त्रिविको नियम अनुसार अध्यापन भएको र कक्षाकोठा प्रत्येक दिन अनुगमन हुँदै आएको जनाइएको छ । यस्तै संविधान दिवसको दिन झन्डोत्तोलन कार्यक्रम गरी सरस्वती पूजामा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको प्रगति वितरणमा उल्लेख गरेको छ । 

भावी कार्ययोजनामा स्ववियु कप २०८० र स्वागत  तथा बिदाई कार्यक्रम चैत २१, २२ र २३ गते सञ्चालन गर्ने उल्लेख गरको छ । त्यस्तै स्ववियु शैक्षिक क्यालेन्डर २०८१ बैशाख प्रथम साता प्रकाशित गर्ने, दिगो क्याम्पस सञ्चालनका लागि १ करोड बराबरको वृहत अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गर्ने, क्याम्पस प्राङ्गणमा  बगैंचा निर्माण गर्ने, सरस्वती माताको मन्दिर निर्माण गर्ने र बाथरुमको अभावलाई पूर्ण गरेर लाने, अन्तर मा.बि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरिएको छ । 

स्ववियुले १ वर्ष कार्यकाल पुरा गरेको अवसरमा उक्त विवरण सार्वजनिक गरेको अध्यक्ष खिम्दीङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 1:54 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका