चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु



पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकास्थित गोपेटार प्रहरी चौकीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको चट्याङ लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ बर्षीय प्रहरी सहायक हवल्दार पाण्डव कुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मंगलबार गस्ती गरिरहेको अवस्थामा हावाहुरी र चट्याङसँगै पानी परेकाले कार्यालयमा फर्किएर ढोकामा उभिरहेको अवस्थामा उनलाई चट्याङको झड्का लागेको थियो ।

चट्याङको झड्का लागेर घाइते भएका उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। उनको फिदिमस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 10:56 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन